
क्वालालम्पुर : मलेसिया सेलान्गोर राज्य को इमिग्रे-शन विभागले बुधबार २३ मार्च मा जालान लाङ्गट र पाण्डामारन, क्लाङमा छापा मा’र्दा ‘इन्डोनेसियाली, बंगलादेशी, भारतीय, नेपाली,
म्यानमार, चिनियाँ र पाकिस्तानी गरी जम्मा १५० बिदेशी को कागज पत्र लाई चेक गरिएको थियो । जस मधे छापा परिणामस्वरुप विभिन्न अध्यागमन अपरा’धमा ६४ पुरुष र ३४ महिला गरी जम्मा ९८ अबै’धानिक विदेशीलाई पक्रा’उ गरिएको छ ।
उनले हिजो जारी गरेको विज्ञप्तिमा भनेका थिए। अवैध आप्रवासी लाई क्लाङको जालान लांगट र पाण्डामारन कारखानामा ओप्स माहिर नामक दुई छापा मारेर थप कारबा’हीका लागि पक्रा’उ गरिएको हो ।
अबैधानिकहरु पक्राउ बाट बच्न काठको थुप्रोमुनि लुकेर फ्याक्ट्रीको जिङ्कको बार चढेर भाग्न खोज्दा असफल भएका थिए । उनले पक्राउ परेका सबै विदेशी २२ देखि ६० वर्ष उमेर समूहका रहेको बताए ।
सेलान्गोर मलेशियन इमि’ग्रेशन विभागका निर्देशक डा मुहम्मद स्याहमी जाफरले आफ्नो विभागले बिहान करिब ९ बजे अपरेसन गरेको र बेलुका ४ बजे जालान लाङ्गट र पाण्डामारन, क्लाङमा रहेको कारखानामा सञ्चालन गरेको बताए ।
पक्राउ परेका सबै अबैधानिक लाई अध्यागमन ऐन १९६९/६३ को दफा १५(१)(ग), अध्यागमन ऐन १९५९/६३ को दफा ६(१)(ग) र अध्यागमन नियमावलीको नियमावली ३९(ख) बमोजिम कार’बाही गरिने उनले बताए ।