
क्वालालम्पुर : मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लु:टिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा रोजगारीका लागी वस्दा नेटवर्किङ्ग डिएक्सनको मेम्वर वनेको र त्यसको विभिन्न
प्रलोभनमा परेर आफुले मलेसियामा कमाएको सवै पैसा सकेकोमा पछुतो लागेको वताए । उनका अनुसार मलेसियाका विभिन्न सहरमा त्यस कम्पनीको मार्केटिङ्गका लागी पुगे पनि प्रतिफल प्राप्त नगरेका हुन् । उनले भने ‘डाइमण्ड वन्ने धेउन्नमा धेरै ठाउ पुगीयो आफ्नै लगानीहालेर अरुको पिवी
वडाइयो अत्यमा शुन्य फल प्राप्त भयो’। उनको दुखेसो थियो ‘यी नेटवर्किङ्ग व्यावसाय गर्ने भन्नेले सोझालाई नै सास्ती दिदा रहेछन्’। झापाका सुरेन्द्र विकको पिडा पनि कम छैन मलेसिया आएर साथीको दवा’वमा डिएक्सनको मेम्वर वनेका उनी कोतरायामा भोकै मेम्वर हिडेको झलझल्ती सम्झन्छन् ।
पानीमा कफी मिसाएर पिइदै हिडीयो त्यो समय अरु तिर लगानी गरेको भए कति राम्रो हुन्थ्यो ।’ डि-एक्सनमा लाग्दा पिवी वडाउन नचाहिने सामान खरिद गरेको उनको भनाइ छ । ‘अगुवाले धेरै सामान किन्न लगाउथे ।
पिवी वडछ वोनस आउछ भनेर तर वास्तविकता त्यस्तो हुदैन थियो’उनले भने । कसैले वहकाएर त कसैले अडी कसेर मलेसियामा डिएक्सनको मेम्वर वनाउदै गरेको भुक्तभोगीहरु वताउछन् ।
मलेसियामा रातो च्याउ वाट वनेका सामाग्री विक्रि वितरण गर्दै आएको डि’एक्सनमा अन्य देशका व्याक्तीको त्यती संम्लग्नता छैन् । नेपाल वाट रोजगारीका लागी गएका नेपाली भने यसमा ठुलो पदमा पुग्ने र धेरै पैसा कमाउने लोभमा फ’सेका छन् ।
मलेसियामा नेपाली श्रमीक ठ-गिदा समेत सम्वन्धीत निकाय मौन छ । नेपालमा भने यस्ता कम्पनी प्रतिवन्धमा रहेका छन् भने यस्तो कार्य गर्नेलाई जेल सम्मको स-जाय हुदै आएको छ । मलेसियामा रोजगारी गरीरहेका नेपाली श्रमीकले जवर-जस्ती नेट-वर्किङ्गको सदस्य वनाउनेलाई हदै सम्मको सजायको माग गरेका छन् । -मलायाखबर