
काठमाडौँ : नेपालमा अ’वैध रहेको हुन्डीमार्फत लाखौ डलर ठ’गी गरेको आ’रोपमा मेलबर्नका एक नेपालीलाई अदालतले जेल सजाय तोकेको छ।मेलबर्न बस्दै आएका नेपाली युवा भरत केसीले विभिन्न ४० व्यक्तिको २ लाख डलरभन्दा बढी रकम
ठ’गी गरेको पुष्टी भएपछि भि’क्टोरिया काउन्टी अदालतले उनलाई ४६ महिना जेल स’जाय सुनाइएको हो। केसी पछिल्लो डेढ वर्षदेखि ठ’गिको ओ’रोपमा प्रहरी हिरा’सतमा छन्। अदालतको आदेशसँगै उनलाई प्रहरी हिरा’सतबाट जेल चलान गरिएको छ।
भिक्टो’रिया काउन्टी कोर्टका न्यायाधीशले केसीको अप-राधले थुप्रै परिवार प्रभा-वित भएको भन्दै समाजमा उनको अप-राध क्षम्य नहुने भन्दै सजाय सुनाएका हुन्। ठ-गिएको रकम फिर्ताका लागि पी-डितले अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दाबी गर्न सक्ने भएका छन्।
अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले त्यस कुराको पृ-ष्टी हुन नसकेको भन्दै स-जाय तोकेका हुन्।
अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल स-जाय भएको अवस्थामा स-जाय पूरा भएपछि मुलकबाट अनिवार्य डिपोर्ट हुने नियम छ। पीआरनै भए पनि यस्तो अप-राध र जेलस-जायपछि स्वतः रद्द हुने र स्वदेश फर्काइदिने नियम अष्ट्रेलियाको कानुनमा छ। यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ।
केसीले अधिकांश नेपाली विद्यार्थीलाई ठगेका थिए। तीमध्ये कतिपयको ३० हजार डलरभन्दा बढी रकम ठगी गरेका छन्।
करिब दुई वर्षअघि भिक्टो-रियाका नेपाली समूदायबीच उनले सबै रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने
लिखित सहमति गरे पनि निजले ठगी धन्दा कायमै राखेका थिए।त्यसपछि उनीवि’रूद्ध प्रहरीमा मु’द्दा दायर गरिएको थियो। प्रहरीले अनु’सन्धानका क्रममा प्रमाणको रूपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको हो।
ठ’गी काण्डको पर्दाफास गर्ने अभियानमा लागेका एक पी’डितले केसी जेल गएपछि आफूले केही राहतको सास फेरेको बताए। ‘मेरो २५ लाख पाउनुपर्ने छ। हेरौं के हुन्छ’, उनले भने,‘ढिलै भए पनि उनलाई जेल स-जाय दिलाउन पाउँदा खुसी लागेको छ।’ उनले हुन्डी र ठ-गी जस्तो प्रवृत्ती रोक्न नेपाली समुदाय अगाडि आउनुपर्नेमा जोड दिए।