
दक्षिण कोरियामा एकै दिन पाँच लाख सङ्क्र-मित थपिए, हजार जनाको अवस्था ग-म्भीर !
एजेन्सी : दक्षिण कोरियामा एकै दिन कोरोना भाइरसबाट करिब पाँच लाख जना सङ्क्र-मित भएका छन्। बुधबार मात्र चार लाख ९० हजार आठ सय ८१ जना नयाँ सङ्क्र-मित फेला परेका हुन्।
योसँगै दक्षिण कोरियामा हालसम्म कुल सङ्क्र-मितहरूको सङ्ख्या एक करोड चार लाख २७ हजार दुई सय ४७ पुगेको छ। कोरिया रोग निय’न्त्रण तथा व्यवस्थापन निकायका अनुसार मङ्गलबार तीन लाख ५३ हजार नौ सय ६८ नयाँ सङ्क्र-मित थपिएका थिए।
को-रोना भा’इरसको नयाँ भेरिय-न्टका रूपमा देखिएको ओमि-क्रोनका कारण सङ्क्र-मितहरूको सङ्ख्या यसरी अत्याधिक बढेको बताइएको छ। नयाँ सङ्क्र-मितमध्ये एक लाख एक हजार एक सय ३३ जना राजधानी सियोलका मात्रै रहेका छन्।
सङ्क्र-मितमध्ये एक हजार ८४ जनाको अवस्था ग’म्भीर रहेको छ। यस्तै पछिल्लो एक दिनमा को-रोनाका कारण दक्षिण कोरियामा दुई सय ९१ जनाको मृ’त्यु भएको छ।