२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

अष्ट्रेलियाको मेलबर्नमा एक विद्यार्थीको ह,´त्या !

चैत ९, काठमाडौं : अष्ट्रेलियामा पाकिस्तानी मूलका एकजना विद्यार्थीको ह,’त्या भएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरमा उनको ह,’त्या भएको हो ।

उनलाई दुई अज्ञात व्यक्तिले पटक–पटक छु’रा ध’सेको बताइएको छ ।उनी राइड शेयरिङ सवारी चालकको रुपमा समेत पार्ट टाइम काम गर्दै आएका थिए । मलबर्नस्थित पाकिस्तानी नियोगले ह,’त्या भएका व्यक्तिको नाम हसन

अहमद रहेको जनाएको छ । छु’रा ध’सेपछि उनलाई अस्पताल लगिएको र अस्पतालमा उपचारका क्रममा उनको मृ’त्यु भएको दुबईबाट प्रकाशित हुने खलिज टाइम्सले जनाएको छ । ह,’त्या’रा’हरुको खोजी भइरहेको र ह,’त्याबारे अनुसन्धान थालिएको प्र’हरीको भनाइ छ ।

मेलबर्नको पाकिस्तानी नियोगले ह,’त्या भएका व्यक्तिका परिवारको सम्पर्कमा रहेको र आवश्यक सहयोग तथा जानकारी उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

उता नेपाली लगायत कामदारलाई निकै कम पारिश्रमिक दिएको पुष्टी भएपछि अष्ट्रेलियाको होबार्टमा रहेको एक रेष्टुरेन्टलाई ४२ हजार ३ सय ३६ डलर जरिवाना भएको छ । फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा सुनुवाइ गर्दै संघिय सर्किट अदालतल होबार्टको ह्यारिङटन स्ट्रिटमा रहेको लिटल इन्डिया नामक टेकवे रेष्टुुरेन्टलाई जरिवाना सुनाएको हो ।

फेयरवर्क अम्बुडस्म्यानले नेपालट्युबलाई उपलब्ध गराएको प्रेस विज्ञप्तीका अनुसार पारिवारिक ट्रस्टमार्फत संचालित यो रेष्टुरेन्टले कामदारलाई घण्टाको १० डलर मात्रै पारिश्रमिक दिदै आएको थियो ।

कानुनले तोकेको न्युनतम पारिश्रमिक नदिएको भन्दै यो गुनासो फेयरवर्कसम्म पुगेको हो । फेयरवर्कको अनुसन्धानले सन् २०१७ देखि १९ को बिचमा यो रेष्टुरेन्टले कामदारलाई कम पारिश्रमिक दिएर काममा लगाएको भेटिएको थियो । यो रेष्टुरेन्टले १७ जनालाई कामदारलाई ६३ हजार डलर भन्दा बढी रकम नदिएको विज्ञप्तीमा उल्लेख छ ।

कम पारिश्रमिक पाउने कामदारहरुमा नेपाली, भारतिय र स्थानियहरु छन् ।फैसला सुनाउदै उपप्रधान न्यायधिश प्याट्रिजिया मक्र्युुरीले अरुलाई पनि यस्तो कार्य गर्नबाट रोक्न एउटा स्तर निमार्ण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।फेयरवर्कका प्रमुख स्याण्ड्रा पार्करले रेष्टुरेन्ट, क्याफे र फाष्टफुड क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।