
काठमाडौँ : बिभिन्न कारण साढे तीन बर्षदेखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र प्रमाणीकरणको कार्य सूचारू भैइसकेको छ ।
उता मलेसिया सरकारले मे १ तारिक देखि लागू हुने गरेर कामदारको न्युनतम १५ सय घोषणा समेत गरिसकेका छन् ।
तर मलेसियाले कामदार भर्ना प्रक्रियाको बारेमा खुलस्त रुपमा केही भनेको छैन , कसरी लैजाने , लागत कति र नयाँ
जानेको हकमा न्युनतम तलब कति केही भनेको छैन ।
उता मलेसियाले न्युनतम तलब १५ सय तोके पनि त्यो लागि हाल मलेसिया काम गरिरहेका कामदारले मात्रै पाउने बताएका छन् ।
नयाँ जाने कामदारको हकमा न्युनतम तलब १५ सय हुने वा न्युनतम तलब १२ सय वा १२ सय कति हुने भन्ने बारे केही जानकारी नदिएकाले न्युनतम तलब ११ वा १२ सय दिने तय हो ।
मलेसियाले विदेशी कामदार लिने निर्णय गरे पनि कामदारले पाउने तलब भने पुरानै कायम हुने दुतावासले जनाएको छ । त्यहाँको सरकारले सन् २०२० को जनवरीदेखि स्थान अनुसार १ हजार २ सय र १ हजार २ सय रिङ्गेट न्युनतम तलब तोकेको छ ।
मलेसिया दुतावासले नेपालीहरुलाई सुचना दिने उदेश्यले नियमित फेसबुक पेजबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रम मार्फत श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताएका छन् ।
पन्थीका अनुसार मलेसियाले तलब वृद्धिबारे केही जानकारी नआएको बताए । उनले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा रहेको समेत बताए ।
मलेसियाका कामदारको तलब बढ्नुपर्नेमा चौतर्फी आवाज उठेको छ । मलेसियाले कामदार आपूर्ति गर्ने देशहरुसँग गरेको द्विपक्षीय सम्झौता अनुसार आप्रवासी मजदूर र मलेसियाका कामदारहरु बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ ।