२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

अस्ट्रेलियाको पीआरका लागि बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिच्दा बहु विवाहको मुद्दा !

काठमाडौँ : अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए ।

त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मु’द्दा खेपिरहेका छन् । मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी । रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए ।

४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो सम्बन्ध थिएन । उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलियामा बस्दा उनले आफ्ना छोराछोरीलाई खर्च पठाउँथे । श्रीमती माइत बस्थिन्, उनीसँग कुरा हुँदैन थियो । १० वर्ष अस्ट्रेलियामा बस्दा उनले त्यहीँकी एक महिलासँग विवाह गरे ।

अस्ट्रेलियन सँग विवाह गरेपछि उनले त्यहाँको पिआर ‘पर्मानेन्ट रेसिडेन्सी’ पाए । अस्ट्रेलियन महिलाले दुई सन्तान जन्माइन् । ती महिलासँग पनि खटपट भएपछि उनी आफ्ना बच्चा लिएर छुट्टै बस्न थाले । त्यही बेला अस्ट्रेलियामा पढ्न गएकी ममता सँग उनको भेट भयो ।

ममताले उनलाई ‘नक्कली विवाह’ गरेर आफूलाई पनि पीआएर मिलाइदिन आग्रह गरिन् । उनीहरू त्यही कामका ०७८ फागुनमा काठमाडौँ आए । ललितपुरको ताल्छिखेल स्थित धराने सेकुवा कर्नरमा साथीभाइ बोलाएर खानपिन गरे । अनि, फोटो खिचाए ।

सो फोटो सामाजिक सञ्जालमा भेटेपछि दिलबहादुरकी जेठी श्रीमतीले उ’जुरी गरिन् । पत्नीको उजु’रीको आधारमा दिलबहादुर लाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए । उनले भने–‘बहुविवाह मु’द्दामा दिल बहादुरलाई पक्रा’उ गरेका छौँ, महिला फरा’र छिन् ।’

न’क्कली विवाह गर्दा दिलबहादुर प’क्राउ परेपछि ललितपुर घर भएकी ममता फरार भएकी हुन् । दुइ सातादेखि प्रहरी हिरासतमा रहेका दिलबहादुरको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिरहेको छ । दिलबहादुरले प्रहरीसँग भनेका छन्–‘पिआर दिलाइदिन कागजी विवाह मात्र गर्न खोजेको हुँ ।’

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार