
मार्च २२, टोकियो : जापान सरकारले केही समयदेखि लगाउँदै आएको को-भिड वि’रुद्धको प्रतिब’न्धहरुलाई १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ।
जापानमा पछिल्लो समयमा को’भिडको संक्र’मण बढ्दै गएपछि यसका विरु’द्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रति’बन्धहरु लगाइएको थियो। जापान सरकारले ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिब’न्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ।
यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन्। गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो। आज मंगलबारदेखि अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रति’बन्धलाई हटाएको जनाएको हो ।
नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो।
तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ। अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।
बाँकी प्रिफेक्चरहरुमा भने को’भिड १९ को संक्रम’ण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रति’बन्धहरु हटाउन सकिने सरकारले जनाएको छ। -प्रवास खबर बाट