२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

साउदीमा एक नेपाली अलपत्र !

साउदी अरब : जुम्लाको गुठीचौर गाउँपालिका– १ मुनिगाउँका २५ वर्षीय मीनप्रसाद रोकाया साउदीको ताइमा सहरमा अ’लपत्र परेका छन्।

तीन महिनाअघि वैदेशिक रोजगारका लागि साउदी पुगेका रोकाया अलपत्र भएका हुन्। ब्लु ग्यालेक्सी म्यानपावर कम्पनीमार्फत वैैदेशिक रोजगारका लागि साउदी पुगेका रोकाया आर्मी क्याम्पमा सरसफाइको काम गर्दै आएका थिए।

पे’ट दुख्ने बि’मारी भएपछि आर्मीले अस्पताल ल्याएर छोडिदिए। अस्पतालले डिस्चा’र्ज गरेपछि कम्पनीबाट कुनै व्यक्ति लिन नआएपछि उनी ताइमा सहरमा अल’पत्र परेका हुन्।

अहिले आफू निकै समस्यामा परेको भन्दै रोकायाले उद्धार गरिदिन सामाजिक सञ्जालमा भिडियोमार्फत आग्रह गरेका छन्।
स्थानीय अर्जुन महताराका अनुसार रोकायाको उ’द्धारका लागि पहल भइरहेको छ।

उनका अनुसार नेपालबाट साउदी पठाउने म्यानपावर कम्पनीलाई पनि उद्धा’रका लागि अनुरोध गरिएको छ। म्यानपावर कम्पनीले रोकायाको समस्या समाधान गर्न मंगलबार साउदी जाने तयारी गरेको जनाएको छ। -नयाँपत्रीका बाट

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार