
जनवरी १७ दुबई : यूएई सरकारले यहाँ कार्यरत श्रमिकको तलब समयमै उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको छ। यूएईको मानव संसाधन तथा एमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो
श्रमिकको तलब संरक्षण प्रणाली (डब्लुपीएस) मार्फत भुक्तानी गर्नको लागि प्रतिबद्ध हुन आग्रह गरेको हो। मन्त्रालयको अनुगन विभागका सहायक उप–सचिव महेर अल ओबेदले समयमै ज्याला भुक्तानी गर्ने प्रतिष्ठानको प्रतिबद्धताले यससँग सम्बन्धित पक्षहरूबीचको करार सम्बन्धको स्थायि’त्वलाई बढाउन ठूलो
योगदान पु¥र्याउने बताएका छन्। रोजगारदाता र श्रमिकबीच भएका सम्झौताअनुसार आपसी सहमति र पारद’र्शितामा आधारित सन्तुलित सम्बन्ध विकास गर्न मन्त्रालय इच्छुक रहेका उनको भनाइ छ। देशको श्रम बजारमा कानूनी अभ्यासलाई अभिवृद्धि गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धताको बदलामा श्रमिकको पारि’श्रमिक पाउने अधिकार पनि
मन्त्रालयले सुनिश्चित गर्न खोजेको उनले स्पष्ट पारे।
सो डब्लुपीएस प्रणालीको संयन्त्रले यूएईको केन्द्रीय बैंकसँग रणनीतिक साझेदारीमार्फत रोजगारदातालाई आफ्ना श्रमिकप्रति आफ्नो दायित्व पूरा गर्न सक्षम बनाउने उनले बताएका छन्।
यस सम्बन्धमा मन्त्रालयद्वारा लागू अनुमोदित प्रक्रियामार्फत पारिश्रमिक परिवर्तनको सम्बन्धमा आफ्ना श्रमिकसँग सम्झौता द’र्ता र कागजात गर्न उनले रोजगारदातालाई आग्रह समेत गरेका छन्। त्यस्तै, समयमै पारिश्रमिक हस्ता’न्तरण गर्ने आफ्नो प्रतिबद्धता सुनिश्चित गर्न रोजगारदाताले डब्लुपीएस
प्रणालीमार्फत पारि’श्रमिक भुक्तानीमा सुविधाको लागि रोजगारदाताहरूले ‘स्टेटमेन्ट अफ एकाउण्ट’ सेवाको फाइदा लिन पनि उनले सिफारिस गरेका छन्। मन्त्रालयले मासिक रूपमा यससँग दर्ता भएका प्रति’ष्ठानहरुलाई ‘स्टेटमेन्ट अफ एकाउण्ट’ सेवा प्रदान गरेको, जसले रोजगारदातालाई इमेलबाट
पठाएको वृहत प्रतिवेदनमार्फत उनीहरूलाई मन्त्रालयको अभिलेखमा रहेको स्थितिबारे जानकारी गराउने बताइएको छ। त्यस्तै, यसले रोजगारदाताले प्रतिष्ठानका फाइल र उनीहरूका श्रमिकसँग सम्बन्धित सबै डाटा र जानकारीहरूमा नियमित पहुँच पाउने समेत बताइएको छ। -खालीज टाइम्स