२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कोरिया सरकारले जारी गर्यो यो बर्षकै पहिलो चेता-वनी, सुरक्षित रहन सबैलाई सरकारको आग्रह !

सोउल : दक्षिण कोरियाले यस बर्षको जाडो सिजनको पहिलो विन्टर वेव अर्लट (चेता-वनी) शुक्रबार जारी गरेको छ। आज डिसेंबर २५ तारीख अर्थात क्रिसमसको बिहानको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने मौसम विभागको

अनुमान सार्वजनिक भएपछि कोरिया मौसम विभाग (KMA) ले हिजो राति ९ बजे देखि लागू हुने गरी चेता-वनी जारी गरेको हो। कोरियाको राजधानी सउल लगायतका क्षेत्र वरपर र ग्याङ्वोन प्रान्त लगाएतका क्षेत्रहरुलाई लक्षित गरेर विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार विहानको समयमा न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा १५ डिग्री सेल्सियसभन्दा बढी झर्ने वा लगातार दुई दिनभन्दा बढी माइनस १५ डिग्री सेल्सियसभन्दा तल रहने वा तापक्रम तीव्र रूपमा घट्ने भएकाले ठूलो क्षति हुने सम्भावनाबाट जोगिन यस्तो चेता-वनी जारी गरेको बताइएको छ।

विभागले थेगु, थेजियोन, सेजोङ, येओसु र मध्य र दक्षिणी क्षेत्रका अन्य धेरै भागहरूका लागि विशेष वेब अलर्ट जारी गरेको बतायो।.शनिबार बिहानको न्यूनतम तापक्रम सौल

माइनस १४ डिग्री सेल्सियस, ग्याङ्वोन प्रान्तको चुनचेनमा माइनस १३ डिग्री सेल्सियस र डेजियोनमा माइनस १० डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान गरिएको छ।ती”व्र हावाको कारण, सियोलको संवेदनशील तापक्रम दिनमा माइनस २२ डिग्री सेल्सियसमा झर्नेछ, दैनिक उच्च माइनस ८ डिग्री सेल्सियसमा पुग्ने एजेन्सीले उल्लेख गरेको छ।

शुक्रबार राजधानी क्षेत्र र केही मध्य क्षेत्रहरूमा हल्का हिउँ र ग्याङ्वोनको पूर्वी तटमा भारी हिउँ परेपछि शीतलहर आउने उल्लेख छ, शनिबारसम्म केही ग्याङ्वोन क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ। दक्षिण कोरियामा चिसो मौसममा विशेष गरी कृषि, मक्ष्यपालन र

निर्माण क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कामदारहरु प्रभावित हुने गरेका छन। चिसो कै कारण बृद्धबृद्धा तथा वालबालिकाहरुलाई अधिक जोखिम हुने गर्दछ।
कोरियाली संस्था आइएओको तथ्याङ्क अनुसार चिसोकै कारण बर्षेनी १००० जना भन्दा बढीको मृत्यू हुने गरेको छ ।

खासगरी पशुपालन र मत्स्यपालन क्षेत्रका विदेशी कामदारहरु यो समयमा बढी जोखिममा पर्ने गरेका छन।गत बर्ष चिसोकै कारण एक विदेशी महिलाको मृ’त्यूको खबरले सनसनी फैलाएको थियो। उक्त महिला रोजगारदाताले दिएको बासस्थान भित्र सुतिरहेको अवस्थामा कठ्याङ्गिएर ज्या’न गएको थियो।त्यसलगतै

सरकारले विदेशी कामदारहरुको लागि राम्रो बासस्थानको अनिवार्य व्यवस्था गर्न आदेश गरेतापनि कतिपय ठाउमा यो अझै लागु नभएको कोरियाली सन्चार माध्यमहरुले जनाएका छन। अघिल्ला बर्षहरु भन्दा यस बर्ष चिसो अत्यधिक बढने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। त्यसैले यस बर्षको चिसोमा सुरक्षित रहन स्वदेश तथा विदेशी नागरिकहरुलाई सरकारले आग्रह गरेको छ। केड्रामाइन्फो डटकम बाट

२०७८ पुष १०, शनिबार प्रकाशित 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।