२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मलेसियाको अर्थतन्त्रलाई नेपाली लगायत विदेशी कामदार चाहिने तर स्थानीय लाई नचाहिने !

क्वालालम्पुर : बंगलादेशी कामदारहरू सम्बन्धी नयाँ समझदारी (एमओयू) सम्बन्धी मानव संसाधन मन्त्रीले चाँडै मन्त्रिपरिषद पठाउने घो’षणा गरेका थिए ।बंगलादेशबाट सुरक्षा गार्ड भर्ना गर्न पनि गृह मन्त्रालयमा प्रस्ताव आएको छ ।

मलेसियामा बंगलादेशी कामदारको संख्या धेरै छ भनेर हामी प्रायः सुन्छौं। स्थानीयहरुले सरकार संग बंगलादेशलगायत अन्य मुलुकबाट आप्रवासी कामदारको सटीक संख्या उपलब्ध गराउनुपर्छ भनेर बारम्बार अनुरोध गरेका छन्।

मलेशियामा यस्तो देखिन्छ कि बंगलादेशका कामदारहरूले इन्डोनेसि’यालीहरूलाई विस्थापित गर्दै उत्पादन, सेवा र निर्माण क्षेत्रहरूमा प्रभुत्व जमाउँदैछन्।बंगलादेशी र नेपाली कामदारको संख्या कतिपय जातीय अल्पसंख्यक भन्दा पनि बढेको छ ।यदि तिनीहरू बढी बसे र अवैध कामदार भए पछि यसले भविष्यमा सामाजिक र सुरक्षा समस्याहरू नि’म्त्याउन सक्छ ।

बंगलादेशी कामदारहरू काम मात्र हैन तर साना र मझौला व्यवसायहरू सुरु गर्न र नवीकरण कार्य कम्पनीहरू सञ्चालन गर्दै छन्। कतिपयले मलेसियालीहरूलाई पनि कामदारको रूपमा राख्छन्।

उदहारण को लागि टाढा जानु पर्दैन पेटा’लिङ्ग स्ट्रिट, लोयाट प्लाजा र बुकिट बिन्टाङमा हेर्न सकिन्छ, जहाँ स्थानीय व्यापारीहरूलाई बंगलादेशी व्यापारीहरूले विस्थापित गर्दैछन्।
स्थानीयहरु भन्छन यो सहि होइन किनभने हामीले

उनीहरूलाई व्यापारमा संलग्न हुन र मलेशियनहरूसँग प्रतिस्पर्धा गर्न ल्याएका हैनौं ।सरकारले स्थानीय रोजगार खोज्नेहरूलाई प्राथमिकता दिए पनि र विदेशी कामदारहरू, विशेष गरी बंगलादेशका कामदारहरूलाई धेरै प्राथमिकता दिएका छन्।
-नेपाली प्रवाशी समाचार बाट

२०७८ पुष २, शुक्रबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।