२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

गैर-कानुनी कामदारलाई काममा लगाए कडा कार’बाही गर्ने साउदी सरकारको घोषणा !

रियाद : साउदी अरवले अवै’धानिक रुपमा बसेका कुनै विदेशी श्रमिकलाई रोजगारीमा लगाएमा त्यस्ता रोजगारदातालाई भारी आर्थिक जरि’वाना र थप विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरेको छ ।

साउदी अरवका सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार मध्यमहरुले त्यस्ता रोजगारदाताहरुलाई १ लाख रियालसम्म जरि’वाना र ५ बर्षसम्म विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरिएको जनाएका छन् ।

साउदी अरवको राहदानी विभाग (जवा’जत) ले मुख्य रोजगारदाताले वाहेक अन्य रोजगारदाताले कुनै विदेशी श्रमिकलाई अनधिकृत रुपमा रोजगारीमा लगाएमा क’डा कार’वाही गरिने चेतावनी दिएको हो । यसैगरी त्यसरी विदेशी श्रमिकलाई रोजगारीमा लगाउने रोजगारदाताको नामावली निजकै

खर्चमा स्थानीय सञ्चार माध्यमहरुमा समेत प्रकाशित गरिने जवाजतले बताएको समाचारमा उल्लेख छ । यसैगरी कुनै विदेशी श्रमिकलाई अवैधा’निक रुपमा रोजगारीमा राखेमा त्यस्ता व्यवस्थापकलाई एक बर्षसम्मको जे’ल सजा’य समेत तोकिएको छ ।

जे’ल स’जाय पश्चात त्यस्ता व्यवस्थापक विदेशी भएमा निजलाई स्वदेश फर्काइने जनाइएको छ । जवाजतले कुनै रोजगारदाताले दोहो-र्याएर सोही प्रकृतिको गलत कार्य गरेमा जरि’वाना दोव्वर हुनेछ । साउदी अरवमा सन् २०१७ यता ५६ लाख व्यक्तिले त्यहाँको बसोवास सम्वन्धि कानुन उल्लंघन गरेको समाचारमा जनाइएको छ । -उज्यालो नेपाल बाट

२०७८ मंसिर २५, शनिबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।