
काठमाण्डाै : अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतका’लीन ओलम्पिकलाई कुटनी’तक रूपमा बहि’ष्कार गर्ने घोष’णापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ ।
चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चु’काउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोष’णालाई ष’ड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।
चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्ष’ति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबा’हीको चेताव’नी दिएको छ ।
अमेरिका केवल बेइजिङ शीत’कालीन ओलम्पिकमा बा’धा पु¥र्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।
चीनमा मानव अधिकारसम्बन्धी विषयको चि’न्ता थपिएको भन्दै ह्वा’इट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनि’धिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण सम’र्थन रहने उल्लेख गरेको छ ।
अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदाे वर्ष बेइजिङमा हुन लागेको शीत’कालीन ओल’म्पिकको कुट’नीतिक बहि’ष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्र’वक्ता जेन सा’कीले अमेरिकी प्र’शासनले ओल’म्पिकको उत्सवमा योगदान नगर्ने प्र’स्ट पार्नुभएको छ । -एजेन्सि