२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

कतारमा अवै’ध नेपाली श्रमिकलक्षित सचेतनात्मक कार्यक्रम हुँदै !

दोहा : कतारस्थित नेपाली दूतावास र गैरआ’वासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारमा अ’वैध रूपमा कार्यरत नेपाली श्रमिकलाई यहाँको सरकारले दिएको आममाफी लक्षित सचेत’नात्मक कार्यक्रम गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै नेपाली दूतावास दोहा र एनआरएनए कतारको संयुक्त आयोजनामा १० डिसेम्बर अर्थात् शुक्रबारका दिन कतारमा अ’वैध रूपमा रहेका नेपाली आप्रवासीहरुलाई वै’ध हुनका लागि कतार सरकारले

हाल लागू गरेको व्यवस्थासम्बन्धी सचे’तनामूलक कार्यक्रम तय भएको जनाएको छ । कतारमा रहेका सम्बन्धित सबै नेपालीहरूको सहभागिताको लागि दूतावासले अनुरोध गरेको छ । कार्यक्रममा जुममार्फत् वा दूतावासको आधि’कारिक फेसबुक पेजबाट हुने लाइभ प्रसारणमार्फत पनि सहभागी हुन सकिने छ ।

कतार सरकारले सन् २०१५ को का’नुन नम्बर (२१) को प्रावधान उल्लङ्घन गरी बसोबास गरिरहेका आप्रवासीहरूलाई समयमै आममा’फी दिएसँगै दूतावासले नेपाली श्रमिक लक्षित कार्यक्रम गर्न लागेको हो ।

अ’वैध रूपमा बसेका आप्र’बासीहरुले देशभित्रको कानु’नी स्थिति सच्याउने र उनीहरूलाई सबै कानुनी जिम्मे’वारीबाट छुट दिई देश छाड्न दिइने कतार सरकारको नीति रहेको छ । आममा’फीको समय अवधि १० अक्टोबरदेखि सुरु भएको र ३१ डिसेम्बरमा समा’प्त हुनेछ ।

कतार सरकारको निर्णय गरेसँगै यहाँ गैरका’नुनी रूपमा बसेका थुप्रै नेपाली श्रमिक लाभा’न्वित हुने अपेक्षा गरिएको छ । कतारमा अहिले विभिन्न क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली का’नुनी रूपमा का’र्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् । -खबर हब बाट

२०७८ मंसिर २३, बिहीबार प्रकाशित 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।