२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने, यस्तो छ कानुन !

दुबई : दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने कानुन निर्माण हुने भएको छ। तपाई युएई निवासी एक युवा हुनुहुन्छ ? अब तपाईको शिक्षा पूरा गर्दा १५ वर्षमै कामको अनुभव प्रा’प्त गर्न पाउने अधिकार हुने भएको हो।

दुबईमा नयाँ श्रम कानू’न चाँडै लागू हुँदैछ । जसले १५ वर्ष उमेरका व्यक्तिहरूलाई यूएईको निजी क्षेत्रले कसरी रोजगारी दिन सक्छ भन्ने विवरण प्रदान गर्दैछ । श्रम सम्बन्धको नियमन सम्बन्धी २०२१ को संघीय डि’क्री–कानून नम्बर ३३ को

धारा ५ ले ’कि’शोरहरूको रोजगारी’ को विषयलाई समेट्ने बताइएको छ । जहाँ यसले १५ वर्षभन्दा कम उमेरका कामदारहरूको भ’र्तीलाई स्प’ष्ट रूपमा नि’षेध गरेको । तर, १५ वर्ष वा सोभन्दा माथिका लागि त्यहाँ केही कामका अवस्थाहरू भने नयाँ का’नुनले व्यवस्था गरेको छ ।

जुन युवा मानिसहरूको रोजगारीका लागि आवश्यक छ । सीमित कामको अबधि र उनीहरूलाई खत’रनाक वा कडा काममा लगाउन नपाइने सर्त’सहितको नयाँ का’नुन बन्दै छ ।

१५ वर्षको उमेर नपुगेको कुनै पनि व्यक्तिलाई काममा लगाउन निषेध गरिनेछ । किशोरको रोजगारी निम्नमा सशर्त लागू हुने छन् । कि’शोरको अभिभावक वा अभिभावकबाट लिखित सहमति समेत चाहिने नयाँ युवाहरुका लागि रोजगारी सृजना हुने छ ।

चिकि’त्सा संस्था द्वारा जारी आवश्यक कामको लागि मेडिकल फिटनेसको प्रमाणपत्र समेत उपलब्ध गराउन पर्ने हुन्छ । कामको वास्तविक घण्टा दिनको छ घण्टा भन्दा बढि काम नलाउन पाइदैन र त्योभन्दा बढी समय काम गर्ने

क्षेत्रमा रहेमा एक वा बढी ब्रे’कद्वारा कामलाई व्यवस्थित गरिने छ । जुन कुल मिलाएर एक घण्टाको हुनेछ । कुनै पनि किशोरले लगातार चार घण्टाभन्दा बढी काम नगर्ने गरी यस्तो विश्राम (हरू) मिलाइनेछ ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।