
काठमाडौं : बेलायतमा हालसम्म नयाँ भेरिय’न्टको को’रोना भाइ’रस ‘ओमि’क्रोन’ का ४२ जना संक्र’मित भेटिएका छन् । दक्षिण अफ्रिकाबात फै’लिएको नयाँ प्रकारको को’रोना युरोपको बेलायनमा पनि फैलिरहेको हो ।
बेलायतको स्वास्थ्य मन्त्रालयले पछिल्लो केहीदिन यता ४२ जनामा को’रोना पुष्टि भएको बताएको छ । पछिल्लो समय बेलायतमा को’रोना भाइ’रसको संक्र’मण बढदै गएको छ । दैनिक रुपमा ५० हजारभन्दा बढीमा कोरो’ना संक्र’मण भइरहेको बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।
थप समाचार, को’रोना भा’इरसको नयाँ भेरि’यन्ट ‘ओमि’क्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ । डेल्टा भेरियन्ट भन्दा पनि बढी खत’रनाक मानिएको ‘ओमि’क्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको छ ।
केही दिन अगाडि मात्रै भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमि’क्रोन’बाट दुई सं’क्रमित भएका थिए । त्यस्तै गुजरातको जामनगरमा पनि थप एक जना ओमिक्रोन संक्रमित भेटिएका छन् । संक्र’मित व्यक्ति दुई दिन अगाडि मात्रै जिम्बाब्वेबाट भारत आएका भारतीय अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार विमानस्थलमै उनको परीक्षण गर्दा कोरो’ना पोजे’टिभ देखिएको थियो । जीनोम सिक्वे’न्सिङ गर्दा उनमा ओमि’क्रोन सं’क्रमण देखिएको बताइएको छ ।
यसरी संक्र’मितहरु भेटिन थालेपछि महाराष्ट्रबाट मात्रै ३० जनाको ओ’मिक्रोन परीक्षणका लागि नमूना पठाइएको बताइएको छ । जहाँ विभिन्न देशका करिब ३ हजार यात्रुहरु आएका त्यहाँका अधिकारीहरुको भनाइ छ ।