२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

साउदी अरबमा को’भिडको बुस्टर डोज अनिवार्य लगाउनुपर्ने !

रियाद : साउदी अरबका सम्पूर्ण नागरिक तथा यहाँ बसोबास गर्ने अन्य देशका बासि’न्दाले अनिवार्य को’भिड–१९ खोपको बुस्टर डोज लगाउनुपर्ने भएको छ। साउदी अरबको आन्तरिक मन्त्रालय स्रोतले १ फेब्रुअरी, २०२२ देखि लागू हुने गरी

सम्पूर्ण साउदी अरबस्थित बासिन्दा एवं नागरिकहरूलाई को’भिड–१९ खोपको बुस्टर डोज अनिवार्य लगाउन भनेएको छ। साउदी अरबमा को’भिड–१९ को नयाँ ‘ओमि’क्रोन’ भेरि’यन्ट फेला परेपछि बुस्टर डोज अनिवार्य गरिएको हो।

मानिसहरूको प्रतिरक्षा प्रणालीको बैध’तालाई सुनिश्चित गर्नको लागि र ‘त्वाक्क’लना एप’ मा पूर्णरूपमा खोप प्राप्त गरेको ‘स्टाटस’ को लागि खोपको बुस्ट’र डोज अनिवार्य हुने भएको छ। स्रोतले दिएको जानकारी अनुसार को’भिडविरु’द्धको

खोपको दोस्रो मात्रा लगाएको आठ महिनापछि बुस्टर डोज अनिवार्य लगाउनु पर्ने भएको छ। १८ वर्ष वा सोभन्दा माथिका सम्पूर्ण वयस्क व्यक्तिहरूले अनिवार्य सो नियमको पालना गर्नुपर्नेछ।

सो सँगै साउदी अरबमा हुने सम्पूर्ण खालका आर्थिक, ब्यावसायिक, सांस्कृतिक, खेलकुद वा पर्यटनसम्बन्धी क्रियाकलापमा भाग लिनको लागि उनीहरूको एपमा पूर्ण’खोप प्राप्त ‘स्टाटस’ देखिनु पर्नेछ।

त्यसैगरी कुनै पनि सांस्कृतिक, वैज्ञानिक, सामाजिक, मनोरञ्जनात्मक कार्यक्रमका साथै सरकारी वा निजी संस्थानमा भाग लिँदा पनि पूर्णरूपमा बुस्टर डोज सहितको खोप प्राप्त गरेको हुनुपर्नेछ। सार्वजनिक यातायात वा हवाई यात्रा गर्दापनि अनिवार्य बुष्टर डोज प्राप्त गरेको सुनिश्चित हुनुपर्ने छ।

तर, एपमा अप’वाद भनी सूचीकृत व्यक्तिलाई भने बुस्टर डोज सम्बन्धी नियम लागू नहुने बताइएको छ। सो सन्दर्भमा सम्पूर्ण नागरिक एवं बासिन्दालाई को’भिड सम्बन्धी स्वास्थ्य मापद’ण्डको पालना गर्दै रोकथामका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । प्रबास खबर बाट

२०७८ मंसिर १९, आईतवार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।