
काठमाडौं : अध्ययनका लागि जापान र अष्ट्रेलियाले जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ ।
यसअघि को’रोना म’हामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा को’रोना भा’इरसको सं’क्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो ।
अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि रा’हत भएको छ ।