
काठमाडौं : पाकिस्तान सरकारले ब’लात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने का’नून पारित गरेको छ ।
पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो । विद्येयकमा लामो समयसमम्म ब’लात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ ।
त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ । जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ ।
यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आ’देश दिन्छ । सो आ’देशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’पाकिस्तानमा ब’लात्कारको घ’टना उल्लेख्य मात्रामा बढेको भन्दै कडा का’नून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो ।
तर यो कट्टरपन्थी इस्लामिक समूहले भने ब’लात्कारीलाई दिइने यो स’जायको प्रवाधानको बि’रोध जनाएको छ । इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको वि’रोध गरेको जनाएको छ ।
पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब’लात्कार भएको घ’टनापछि दोसीमाथि कडा का’रवाही गनरिनुपने आवाज उठेको थियो । यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै ब’लात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको -बीबीसीले जनाएको छ ।