२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

नेपाल वायुसेवा निगमद्वारा चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता !

काठमाडौँ : नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ ।

निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र
इमिरेट्सबीच हवाई सम्झौता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न

सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।

न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहज हुने निगमले जनाएको छ । साथै निगमलाई थप आयआर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ । निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका

वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ । निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

२०७८ कार्तिक २८, आईतवार प्रकाशित 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।