२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

ओमानमा ईलिगल रहेका नेपालीलाई घर फर्कने अवसर, यस्तो छ प्रक्रिया !

काठमाण्डौ : तपाईँ ओमानमा गैर कानुनी रूपमा काम गरिरहनु भएको छ ? यदि छ भने बिना जरिवाना स्वदेश फर्कन अब ढिलो नगर्नुहोस् ।

ओमान सरकारले ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ ।
यो अवसरको सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी कुनै पनि जरिवाना लाग्दैन ।

ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

ओमान सरकारले दिएको यो अवसरको फाइदा लिँदै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेका छन् । ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहनुभएका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।

ओमान सरकारले दिएको आममाफीमार्फत स्वदेश फर्कन्न चाहने नेपालीले श्रमिकले पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा आममाफी बारे थप केही बुझ्न परेमा पनि दूतावासमा सम्पर्क गर्न सकिन्छ । तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागु हुने छैन ।

२०७८ कार्तिक २५, बिहीबार प्रकाशित 0 Minutes 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।