
काठमाडौं : कतार सरकारले विदेशी श्रमिकको लागि स्वास्थ्य विमा अनिवार्य गरेको छ । स्वास्थ्य विमा अनिवार्य अनिवार्य भएपछि विदेशी कामदारलाई फाइदा हुने भएको छ ।
कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्था गरिएको स्पष्ट पारेको छ ।
अनिवार्य गरेको स्वास्थ्य बिमाको ब्यय भार स्वतह रुपमा रोजगारदाता कम्पनीको भागमा जाने भएको हुँदा कम्पनीको टाउको दुखाइको बिषय बनेको जानकार बताउछन् । कतारका शेख तामिम विन हमाद अल थानीले सो नयाँ कानुन जारी गरेका हुन् । सो कानुन सरकारी गजेटमा प्रकाशित भएको ६ महिना पश्चात लागु हुनेछ ।
द पेनन्सुला कतारका अनुसार नयाँ कानुन अनुसार कतारमा कार्यरत सम्पूर्ण विदेशी श्रमिक तथा भ्रमण भिसामा आउनेहरुको समेत स्वास्थ्य विमा अनिवार्य गरिएको छ । सो विमा अन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने जनाइएको छ ।
नयाँ कानुनले रोजगारदातालाई उनीहरुसँग काम गर्ने श्रमिकहरुको विमा गर्नुपर्ने व्यवस्था गरेको छ । ति श्रमिकहरु विमा कम्पनी मार्फत जनस्वास्थ्य मन्त्रालयमा दर्ता हुनेछन् ।
विमामा दर्ता भएपश्चात ६ महिना पछि विमा कार्यान्वयनमा आउने समाचारमा जनाइएको छ । यसका बारेमा निकट भविष्यमा नै मन्त्रालयले थप जानकारी दिने समाचारमा उल्लेख छ ।