२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मलेसियामा नेपालीहरु बे’पत्ता हुनुको कारण यस्तो !

क्वालालम्पुर : मलेशिया नेपालीहरुको प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक गन्तव्य देश हो। रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् । रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घट”ना क्रम र अध्ययनहरुले देखाएका छन्।

वैदेशिक रोजगारीको क्रममा रोजगारदाता कम्पनी छाडी अवैधानिक बन्नु , विभिन्न मु”द्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमु”टाव, रोजगारीकै क्रममा विदेशमा मृ”त्यु, दु”र्घ’टनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले ब”न्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली युवा,युवतीहरु परिवारको सम्पर्कमा नआएका बुझिएको छ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उ’जुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । यो त उजुरी परेकाको मात्र संख्या हो । अन्य उजु’री नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन्।

मु”स्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् । विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौ”न अड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कु”लतको दलदल’मा फ”सिरहेका छन् ।

मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिकहरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन्।
यि होटल रेष्टु’राँ तथा क्लबहरुमा युवाहरुलाई आक’र्षित गर्नकै लागी महिला कामदारहरु राखिएका हुन्छन् ।

परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् । नेपालीहरुद्वारानै संचालित यस्ता होटल रेष्टु’राँहरुमा युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौ” न ध’न्दामा संलग्न हुनेगरेको पाईएको छ।

विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पु¥र्याईएका र कम्पनी छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता ध”न्दामा लाग्ने गरेका छन् । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौ”न व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, क्वालालम्पुर कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौ”न व्यवसाय चलाइएको पाइन्छ।

सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँमा पुग्ने नेपाली युवाहरु बिस्तारै यसको लतमा फ”स्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् । घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोधखोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बे”पता हुने क्रम बढ्दो छ।

अझ मलेशियामा संचालन गरिएका यौ”न कोठीहरूमा धाउने नेपालीहरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता कोठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् । यस्ता को”ठीहरूमा तिगा-पोलो (३० रिंगेट ) देखि बार्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन् । यिनै को”ठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशियामा थुप्रै छन्। -यो खबर चिया गफमा छापिएको छ ।

२०७८ कार्तिक २२, सोमबार प्रकाशित 1 Minute 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।