२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अष्ट्रेलिया सरकार कामदार ठग्नेमाथी कठोर बन्दै, दुई रेस्टुरेन्टमाथी ३१ हजार डलर जरिवाना !

मार्च २६, अस्ट्रेलिया : एडिलेडका दुई सबवे आउटलेट र पूर्व निर्देशकले ३१ हजार डलर जरि-वाना तिर्नुपरेको छ । तीन जना कामदारलाई कानुन अनुसारको भुक्तानी नदिएको भन्दै

फेयरवर्क अम्बुडस्म्यानले दायर गरेको मु-द्धामा सुनुवाई गर्दै संघीय अदालले ३१ हजार भन्दा बढी जरिवानाको आदेश दिएको हो । फैशलामा ग्लेनेल्गको जेट्टी रोडमा सबवे फ्रेन्चाइजी आउटलेटहरू र ग्लेनेल्गको बेसाइड गाउँ किनमेल केन्द्र

सञ्चालन गर्ने दुई कम्पनीका पूर्व निर्देशक जेसन म्याथ्यू हुड वि-रुद्ध ५ हजार ४२५ जरिवाना तोकिएको छ । कामदारहरूलाई कुल २५ हजार ५९७ फिर्ता भुक्तानी उपलब्ध गराउन समेत अदालती आदेशमा भनिएको छ ।

२०१७ अगस्ट देखी २०१९ अक्टोबर बीच विभिन्न अवधिहरूमा आउटलेटमा कार्यरत तीन जना कामदारहरूलाई कानुन अनुसार तलब, सेवा सुविधा नदिएको बारे अनु-सन्धान गरेर फेयरवर्क अम्बुडस्म्यानले अदालतमा मु-द्धा दर्ता गराएको थियो ।

फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले कामदारमाथी ठगी गर्नेगरि व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सचेत गराउँदै कानुनी कारबाहीबाट गलत काम गर्ने कोही पनि बच्न नसक्ने बताउनुभएको छ । कानुन अनुसार तलब, सेवा सुविधा नपाउने कामदारहरुलाई कानुनी सहायताका लागि निशुल्क सेवा लिन पार्करले सबैलाई सचेत गराउनुभएको छ ।नेपाल ट्युब

२०७९ चैत्र १२, आईतवार प्रकाशित 1 Minute 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।