२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

रोजगारीका लागि बेलारुस पुगेका ९ नेपाली महिला अलपत्र, स्वदेश फर्काउन सरकारसँग माग !

चैत ३, काठमाण्डौ : नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अल-पत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ ।

विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झु-क्क्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पु-र्याएको खबर प्राप्त भएको भन्दै खतिवडाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पी-डितहरूले विदेशमा आफूहरू अल-पत्र भएकाले उ-द्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पी-डितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो ।

अलपत्र पर्नेमा नुवाकोटकी सानुमाया तामाङ, कविता थापामगर, रामेछापकी अञ्जना मगर, धनकुटाकी रत्नमाया राई, मकवानपुरकी पार्वतीमाया तितुङ, भोजपुरकी रमिता राई, काभ्रेकी सुष्मा तामाङ, चितवनकी मीना गुरुङ र मोरङकी मार्था सोताङ राई हुनुहुन्छ ।

यसैबिच एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै बेलारुसमा अलपत्र पारिएका महिलाको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा बेलारुसमा नौ नेपाली महिलालाई लामो समयदेखि अलपत्र पारिएकामा पार्टीको ग-म्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।