२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नेपाल छिर्ने भारतीय नागरिकले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने !

नयाँ दिल्ली : भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई

सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो

देशका नागरिक अबै’ध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए । नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश

गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ ।
अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको

सीमा सुरक्षा बलले जनाएको छ । यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए । -एजेन्सी

२०७८ कार्तिक २०, शनिबार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।