
मार्च १२, एजेन्सी : मलेसियाका पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनलाई शुक्रबार शक्तिको दुरु-पयोग र सम्पत्ति शुद्धीकरणलगायत ६ वटा मु-द्दामा अभियोग लगाइएको छ ।
उहाँलाई विभिन्न चार अलग–अलग संस्थाबाट २३२.५ मिलियन रिङ्गिट (५१.४४ मिलियन अमेरिकी डलर) घु-स मागेको आ*रोप लागेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण मुद्दामा मुहिद्दिनलाई कुल १९५ मिलियन रिङ्गिट घु-स लिएको आ-रोप छ ।
मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बर्नामाका अनुसार मुहिद्दिनले शक्तिको दुरुप-योग गरेको आ-रोपमा दो-षी पाइएमा २० वर्षसम्मको जेल सजा-य र सोही अनुसारको जरि-वाना हुनसक्छ ।
त्यसैगरी मनी लान्ड्रिङको आरोपमा दो-षी ठहरिए १५ वर्षसम्म कैद र ठूलै जरिवा-ना हुन सक्छ। मु-हिद्दीनले सबै आरोपमा नि-र्दोष भएको बताउनु भएको छ ।
उनलाई बिहीबार हि-रासतमा राखी जमानतमा रिहा गरिएको थियो। सन् २०२० मार्च र अगस्ट २०२१ का बीच १७ महिना मलेसियाको प्रधानमन्त्री बन्नु भएका मुहिद्दिन पेरिकटन नेसनल पार्टीका अध्यक्ष छन् ।