२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द !

मार्च १२, न्युयोर्क : अमेरिकी नियामक निकायले सिलिकन भ्याली बैंक बन्द गरिदिएको छ । बैंक ग-म्भीर आर्थिक समस्यामा परेपछि बचतकर्ताहरुको रकमको सुरक्षाको

लागि बैंक बन्द गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाको बैंकिङ क्षेत्रमा यस किसिमको समस्या सन् २००८ पछि पहिलोपल्ट आएको हो ।

उच्च ब्याजदरका कारण समस्यामा पर्दै गएको बैंकलाई जोगाउन आफ्नो सम्पत्ति बेच्न खोजेपछि बिहिबारदेखि बैंकको शेयर मूल्य घट्न थालेको थियो ।

शुक्रवार पनि शेयर मूल्यमा उच्च गि-रावट आएपछि नि-यामक निकायले बचतकर्ताहरुको सुरक्षाका लागि भन्दै बैंक नै बन्द गरिदिएको हो ।

सिलिकन भ्याली बैंक गम्भीर समस्यामा परेपछि त्यसको असरले अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार वटा बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ ।

अमेरिकाका चार ठूला बैंकहरूको शेयर मूल्य घट्ने क्रम शुक्रवार पनि कायम रह्यो । विज्ञहरूले बैंकहरूको अहिलेको समस्या बढ्दो ब्याजदरको कारण आएको बताएका छन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 45 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।