
मार्च १२, क्वालालम्पुर : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एकजना नेपाली श्रमिकको सुत्यासुत्यै अवस्थामा मृ-त्यु भएको छ।
नेपाल ठेगाना सुनकोसी गाउँपालिका ५ साविक फुलखर्क गाबिस वडा नम्बर ३ बस्ने गोपाल तामाङको गएको सोमबार बिहान सुतेकै अवस्थामा मृ-त्यु भएको हो।
मृ-तक तामाङ रोजगारीको सिलसिलामा बिगत ७ महिना पहिले मिति सन् २०२२ अगस्ट २६ तारिखको दिन नेपालको रिलायन्स एचआर सोलुसन प्राइभेट लिमिटेड म्यानपावरमार्फत मलेसियाको पेराइ पेनाङमा अवस्थित चि खेङ्ग क्यान ( Chee Kheng Can Factory Sdn Bhd ) कम्पनीमा काम गर्न आएका थिए।
मिति सन् २०२३ मार्च ५ तारिख आईतवार दिनको ड्युटी सकिएर रातीको समयमा मज्जाले खाना खाएर सकुशल अवस्थामै सुतेका गोपाल तामाङ मार्च ६ तारिख सोमबार
बिहान आफ्नै खाटमा सुतेकै अवस्थामा मृ-त अवस्थामा
फेला परेको एउटै कोठामा संगै सुत्ने नेपाली कामदारहरुलाई उद्धत गर्दै पेशल तामाङले मलाया खबरलाई जानकारी दिनुभयो।
जानकारी अनुसार गोपाल तामाङ बिहान कम्पनीको काममा
जाने समयमा आफैं नउठेपछि अन्य साथीहरुले उठाउन खोज्दा नउठेको र राम्ररी चेकजाँच गर्दा मृ-त्यु भैइसकेको अवस्थामा फेला परेको बताएको हो।
मृ-तक तामाङ एकदमै कमजोर आय भएका परिवारको सदस्य हुन। उनको घरमा आमाबुबा, श्रीमति र छोराछोरी रहेका छ्न । शव नेपाल फर्काउनलाई नेपालबाट उनको परिवारले मलेसियास्थित नेपाली दूतावासलाई अनुरोध पत्र पठाईसकेको छ। जानकारी अनुसार शवलाई नेपाल फर्काउन आवश्यक पहल भैइरहेको दूतावासले बताए। मलाया खबर