
माघ ८, काठमाडौ : यूएईमा आफ्ना कर्मचारीमाथि हा-तपा-त गर्ने रोजगारदातालाई एक वर्षसम्म कै-द र एक लाख दिर्हामसम्म जरि-बाना हुने व्यवस्था गरिएको छ ।
यूएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हा-तपा-त गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ ।
२०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ अनुसार श्रमिकलाई उसको काम गर्न/नगर्न अनावश्यक रुपमा बाध्य पार्ने नियतले बल, हिंसा वा ध-म्कीको प्रयोग गरेमा छ
महिनाभन्दा कम अवधिको लागि थु-नामा राख्ने सजाय हुने व्यवस्था गरेको छ । यदि पूर्व:नियोजित ढंगले श्रमिकमाथि दुर्व्य-वहार गरेको वा एकभन्दा बढी व्यक्ति संलग्न
रहेको वा अप-राधीले ह-ति-यार बोकेको भए एक वर्षसम्म कै-द र एक लाख दि-र्हामसम्म जरि-बाना हुने व्यवस्था गरिएको छ ।