
जनवरी २२, सिड्नी अस्ट्रेलिया : अष्ट्रेलियामा समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्या-न गएको छ। विराटनगर बरगाछीकी सम्पदा निरौलाको अष्ट्रेलियाको सिड्नीमा दु’र्घट-नामा परेर मृ-त्यु भएको छ ।
अध्ययनका लागि सिड्नीमा रहेकी २१ वर्षीया निरौला गत पुस १४ गते (डिसेम्बर २९ साँझ) समुन्द्र तटमा पुगेको समयमा एक्कासी छालले बगाएर अचेत भएकी थिइन् ।
रिदम पोखरेलका अनुसार दिदीसँग अर्का साथी समेत थिए ।
सम्पदालाई बगाएपछि बचाउने प्रयास गर्दा उनी पनि बगेका थिए । घट-नापछि तत्काल हेलि-कप्टरले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।
भर्ना गरिएकामध्ये उद्धारको प्रयास गर्ने साथी उप-चारपछि आराम भएका छन्, तर मृत्युपछि परिवारजनले श-व नेपाल फर्काउन तत्काल प्रयास गरेको थियो ।
तर, सबै प्रक्रिया मिलाउन समय लागेपछि उतै अन्त्ये-ष्टि गरिएको छ । आफ-न्तजनले उनको काज-किरी’या भने पशुपतिमा गर्ने भएका छन् ।