२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

मलेसियामा एक नेपाली युवा सुतेकै अव-स्थामा अस्ताए !

माघ ८, काठमाडौँ : वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृ-त्यु भएको छ ।

सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो ।
आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए ।

भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन गरेर अबै-धानिक मलेसिया बस्दै आएका आचार्य अवै-धानिक भएकै कारण घर समेत नगई लामो समयदेखि मलेसियामै कार्यरत रहेको हुनसक्ने बताइएको छ ।

उनि मलेसियाको क्वालालाम्पुर क्षेत्रमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रहँदै आएका थिए । मलेसियाबाट अविरल बहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको हिजो सुतेकै अवस्थामा मृ-त्यु भएको छ ।

मृतक अवै-धानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको श-व यथासक्य नेपाल फर्काउन समस्या हुनसक्ने हुँदा सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दुतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्याना-कर्षण गरेको छ ।

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।