२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

युएईमा रहेका नेपालीलाई खुसीको खबर, मन्त्रीले दिए यस्तो वचन !

युएई : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले वैदेशिक रोजागरीको शिलशिलामा युएई पुगेका नेपाली श्रमिकलाई सामाजिक सु’रक्षा कोषमा आबद्ध गराउने बताएका छन् ।

छैटौं श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएई पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज युएईले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तपाईँहरु पाखुरामा बल भइञ्जेल विदेशमा काम गर्नुहुन्छ ।

बल सकिएपछि नेपाल फर्कदा केही पनि हुँदैन । नेपालमा अहिले सामाजिक सुरक्षा कोष लागू भएको छ । यहाँ जुन कम्पनीमा काम गर्नुहुन्छ त्यहीबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेगरी अगाडी बढाउनेछु ।’

उनले युएईमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक लागु गरिदिन आग्रह गरेको बताए । विदेशमा सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले सुनाए ।

आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने मन्त्री श्रेष्ठले बताए । ‘वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने वित्तिकै मन्त्रालयमा २४ सैँ घण्टा गुनासो सुनेर भोलिपल्ट

विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु’, उनले आश्वस्त पारे । दुबईमा कन्सुलरको कार्यालय खोल्न पहल थाल्ने मन्त्री श्रेष्ठको भनाइ छ । गृहजिल्लाबाट रोजगारीको शिलशिलामा युएई पुगेकालाई उनले तनहुँको प्रतिष्ठा उचो पार्नेगरी काम गर्ने दाबी गरे ।

२०७८ कार्तिक १३, शनिबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।