२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

फुटबलर लेजेन्ड पेलेको ८२ बर्षको उमेरमा नि-धन !

डिसेम्बर ३०, एजेन्सी : विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा नि-धन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा नि-धन भएको हो ।

पेले पछिल्लो केही वर्षयता कि-ड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्याद्सदर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्यु-मरको अप्रे-सन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।

उनले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको नि-धन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। उनले भनिन् हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदा-ञ्जली।

अस्पतालले पनि पेलेको नि-धन भएको पुस्टी गरेको छ। उसले पेलेको मल्टी अर्गान फेल भएका कारण नि-धन भएको जनाएको छ। उसले पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उप-चार प्रभा-वकारी हुन नसकेको जनाएको छ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।

त्यस्तै ब्राजिलियन फुटबल संघले भनेको छ, पेले अल टाइम महान खेलाडीभन्दा पनि अझैमाथि थिए र प्रेरणादायि थिए। पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज शन्तसँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।

कालो मोतीका रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्मिएका उनका पिता क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् ।

आमा बुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले बल्व बनाउने थोमस एल्वा एडिसनको नामकाे एक भाग एडिसन राखिएकाे हाे ।

१५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भए । उनले आफ्नो पुरै व्यवसायिक खेल करिअर नै सान्तोषमा नै बिताएका थिए ।

उनको निधनप्रति विश्वका प्रख्यशता खेलाडीसँगै खेलप्रेमीले श्रद्धा-न्जली दिइरहेका छन् । ब्राजिली नेयमार, पोर्चुगिज क्रिष्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोसससँगै फ्रान्सका केलियन एमबाप्पेले श्रद्धान्जली दिएका छन् ।

२०७९ पुष १५, शुक्रबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।