२०७९ श्रावण २४ मंगलवार
  • काठमाडौँ

डुंगा दु’र्घटनामा एकैपटक २ छोरी गुमाएका दम्पत्तीको, दुई वर्ष पछि त्यही मितिमा जन्मिए जुम्ल्याहा बच्चा !

काठमाडौं : संसारमा कहिले काहीं अनौठो घटना हुन्छन् । भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम मा एक अचम्मको घटना प्रकाशमा आएको छ । जहाँ एक जोडीले दुई बर्ष पहिले दुई छोरीहरु गुमाएका थिए ।

दु’र्घटनमा दुई छोरी गुमाएका ति जोडीले दुई वर्ष पछि सोही मितिमा जुम्ल्याहा सन्तान प्राप्त गरेका छन् । जुम्ल्याहा सन्तान पनि छोरी नै हुन् । अप्पला राजु र भाग्यलक्ष्मी नामक दम्पतीले सेप्टेम्बर १५, २०१९ मा गोदावरी नदीमा डुंगा प’ल्टिँदा आफ्ना दुई सन्तान गुमाए। १५ सेप्टेम्बर

२०२१ मा त्यही मितिमा फेरी भाग्यलक्ष्मीले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । भाग्य लक्ष्मीले पद्मा ड्रेस अस्पताल, विशाखापट्टनममा जुम्ल्याहा छोरीलाई जन्मदिएकी हुन् ।डाक्टर पी सुधा पद्मश्रीका अनुसार एक वर्ष पहिले ति दम्पत्ती डाक्टरकहाँ सल्लाहका लागि आएका थिए । त्यती बेला उनीहरु निकै चिन्तित थिए ।

भाग्यलक्ष्मी अस्वस्थ्य पनि थिइन् । तर डाक्टरले उनलाई फेरी सन्तान जन्माउने नयाँ प्रविधि सहितको उपचार सुरु गरिन् । आ’इभीएफ (कृतिम ग’र्भाधान विधी) उपचार पद्धती मार्फत भाग्य लक्ष्मीले सन्तानलाई जन्मदिएकी हुन् ।यद्धपी डाक्टरले सुत्केरी हुने समय केही पछाडीको दिएकी थिइन् । तर डाक्टरले दिएको मिति भन्दा पहिलेनै भाग्य लक्ष्मीलाई सुत्केरी हुने ब्य था सुरु भयो ।

उनले १५ सेप्टेम्बरमै आ’इभीएफ उपचार बिधिवाट दुई जुम्ल्याहा छोरीहरु एकै दिनमा जन्मिए। जुम्ल्याहा छोरीहरुकी आमा भाग्यलक्ष्मीले भनिन् कि नवजात शि’शुहरुमा पनि उनीहरुमा पनि पहिलाकै छोरीहरुको जस्तै लक्षण छ । दुबै बच्चाहरु राम्रो प्रतिक्रिया दिइरहेका छन्।

दुई वर्ष पहिले मेरी सासू र उहाँका दुई नातिनीहरु संग श्री सीता रामचन्द्रस्वामी मन्दिर मा आफ्नो जेठी नातिनीको मु’ण्डनको भाकल पुरा गर्न गएकी थिइन् । त्यही बेलामा भएको दु’र्घटनामा दुई छोरी गुमेका थिए । हाम्रा अरु १० जना आफन्तहरुको पनि मृ’त्यु भएको थियो। जे होस्, अब हामी बच्चाहरु को आगमन संग खुसी छौं।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार