२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

कतार विश्वकपमा मोरक्कोलाई हराउदा क्रोएसियाले पायो २७ मिलियन अमेरिकी डलर !

पुस ३, काठमाडौ : फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच भएको खेलमा क्रोएसियाले २ – १ ले हराउदै तेश्रो बनेको छ ।

क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको हो । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन ।

गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो ।निकै प्रति-स्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो ।

जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको
हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो ।

अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।

४२ औं मिनेटमा क्रोएसियाले पुन अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्र-हार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो । जितसँगै तेस्रो स्थान हासिल गरेको क्रोएशियाले २७ मिलियन अमेरिकी डलर अर्थात नेपाली करिब नगद ३५४ करोड पुरस्कार हात पारेको छ ।

यस्तै चौथो स्थानमा रहेको मोरक्कोले नगद २५ मिलियन अमेरिकी डलर अर्थात नेपाली करिब ३२८ करोड हात पार्याे ।प्रतियोगिताको फाइनल आइतबार हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् ।

२०७९ पुष ३, आईतवार प्रकाशित 1 Minute 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।