२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

कतार विश्व कपको क्वाटरफाइनलमा मोरक्कोले जितेपछि गायिका साकिरा भन्छिन्, दिस टाइम फर अफ्रिका !

डिसेम्बर ११, दोहा : विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएको क्वार्टरफाइनलमा पोर्चुगललाई

पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक असफलता

हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनि ट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन्। ‘दिस टाइम फर अफ्रिका!!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्।

अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तय गरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा र बधाई पाइरहेको छ। विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले पनि उत्तर अफ्रिकी मुलुकलाई बधाई दिइरहेका छन्।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।