२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

२-१ गोल अन्तरले इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा !

मंसिर २५, काठमाडौं : इङ्ल्यान्डलाई २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो।

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए।

केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन्। ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २–१ को अग्रता बनायो।

केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन। अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भेट गर्नेछ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।