२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश !

मंसिर २१, काठमाडौं : मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको नकआउट चरणको खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा

३-०को जित निकाल्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो । एजुकेशन सिटी संगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल

गोलरहित बराबरीमा रोकिँदा अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे भने बदर बेनोन चुके ।

तर, मोरक्कोका गोलरक्षक यासिन बाेनाेको उत्कृष्ट प्रदर्शनमा स्पेनका खेलाडीले गोल गर्न सकेनन् । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । जारी विश्वकपमा पेनाल्टी सुटआउटमा लम्बिएको यो दोस्रो खेल हो ।

सोमबार नै भएको नकआउट चरणको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक उपविजेता क्रोएसियाले अन्तिम आठको यात्रा तय गरेको थियो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्याण्डबीचको विजेतासँग खेल्नेछ । सो खेल आजै राति हुँदैछ ।

२०७९ मंसिर २१, बुधबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।