
मंसिर २०, काठमाडौ : दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
कतारको स्टेडियम ९७४ मा मंगलबार बिहान भएको
फिफा विश्वकप २०२२ को राउण्ड अफ १६ अन्तर्गतको खेलमा कोरियामाथि ४–१ गोल अन्तरको जित निकाल्दै ब्राजिल क्वार्टरफाईनलमा पुग्न सफल भएको हो ।
ब्राजिलका लागि भिनियस जुनियर, नेयमार जुनियर, रिचार्लीसन र लुकास प्याकुवेटाले एक एक गोल गरे भने दक्षिण कोरियाका लागि स्युङ्ग–हो पाइकले एक गोल फर्काए ।
पहिलो हाफमा फितलो प्रदर्शन गर्दै ४ गोल खाएको
कोरियाले दोश्रो हाफमा सम्हालिएको प्रदर्शन गर्याे खेलको २९औं मिनटमा रिचार्लीलसनको गोलमा ब्राजिलको अग्रता तेब्बर बनेको थियो भने ३६औं मिनटमा प्याकुवेटाले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ४–० गोल अन्तरको अग्रता दिलाएका थिए ।
यसपछि खेलको ७६औं मिनटमा स्युङ्ग–होले गोल गर्दै कोरियालाई ४–१ गोल अन्तरको अवस्थामा ल्याएका थिए । तर यसपछिको बाँकी समयमा दुबै टोलिबाट थप गोल नभएपछि ब्राजिलले सहज जित दर्ता गर्याे ।