२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

२०२२ कतार विश्व कपमा ब्राजिलका नयाँ खेलाडीलाई मौका, मौका नपाएका सातै खेलाडीलाई उतार्दै !

डिसेम्बर ४, दोहा कतात : समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दा ब्राजिललाई अझै नेमारको सेवा प्राप्त हुने छैन। यद्यपि एक खेलअगाडि नै प्रि–क्वार्टरफाइनलमा

पुगिसकेको हुनाले ब्राजिललाई नेमारको अनुपस्थितिले फरक भने पार्ने छैन र उसले नयाँ खेलाडीलाई मौका दिने रणनीति लिने सम्भावना प्रबल छ। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

यसै पनि ब्राजिलका प्रशिक्षक टिटे क्यामरुनवि-रुद्धको खेलमा आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने सोचाइमा हुनुहुन्छ। टिटेले गोलरक्षकमा पनि एलिसनको स्थानमा एडर्सनलाई खेलाउने योजना बनाइरहनुभएको छ।

भेट्रान डानी एल्भेजले डिफेन्सको भार बेहोर्न मैदानमा उत्रने सम्भावना छ भने फाबिनो, एन्टोनी र गाब्रियल मार्टिनेलीले सुरुमै मौका पाउने अपेक्षा गरिएको छ।

अहिलेसम्म खेल्ने मौका नपाएका सातै खेलाडीलाई मैदानमा उतार्ने विचारमा प्रशिक्षक टिटे रहनुभएको छ। ३९ वर्षीय एलभेज मैदानमा उत्रिएमा उहाँ ब्राजिलका लागि विश्वकपमा खेल्ने सबभन्दा पाको खेलाडी बन्नुहुनेछ।

जुन कीर्तिमान ३८ वर्षीय ब्राजिलका कप्तान थियागो सिल्भाको नाममा रहेको छ। क्यामरुनवि-रुद्धको बराबरीले पनि ब्राजिल समूह विजेता बन्नेछ। क्यामरुनलाई भने ब्राजिलविरुद्धको खेल निकै महत्वपूर्ण छ। क्यामरुन सन् १९९० पछि समूह चरणमा पुगेको इतिहास छैन।

पछिल्लो संस्करणमा क्यामरुन विश्वकपमा चयन पनि हुन असफल भएको थियो। त्यसैले क्यामरुनका लागि ब्राजिलसँगको खेल कठिन हुने पक्का छ।

अझ ब्राजिल समूह चरणमा पछिल्ला १६ खेलमा अपराजित छ। इस समूहमा ब्राजिलको छ अङ्क छ। दोस्रो स्थानमा रहेको स्विट्जरल्यान्ड तीन अङ्कमा छ भने क्यामरुन र सर्बियाले अहिलेसम्म एक–एक अङ्क मात्र हासिल गरेका छन्।

२०७९ मंसिर १८, आईतवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।