२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कतार विश्वकप बाट बाहिरियो उरुग्वे, भयो आँसुको वर्षा !

मंसिर १६, काठमाण्डौ : कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले घानालाई पराजित गरेको छ ।अल जानुब स्टेडियममा शुक्रबार राति उरुग्वेले घानालाई २-०

गोल अन्तरले हराएको हो ।उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।

तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए ।त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ ।समूह ‘एच’ मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो ।उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ ।घानाले ३ खेलमा ३ अंक जोड्यो ।यता पोर्चुगललाई हराउँदै दक्षिण कोरियाको समूह उपविजेता बन्दै फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

कतारको एडुकेशन सिटी स्टेडियममा शुक्रबार राति भएको समूह ‘एच’ को खेलमा पोर्चुगलमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित निकाल्दै दक्षिण कोरिया जारी विश्वकपको राउण्ड अफ १६ मा पुगेको हो ।

कोरियाको जितमा किम योङ्ग ग्वन र ह्वाङ्ग ही चानले एक एक गोल गरे भने पोर्चुगलका लागि रिकार्डाे होर्ताले एक गोल गरे ।खेलको पाँचौं मिनटमा रिकार्डाेले गोल गर्दै पोर्चुगललाइ शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २७औं मिनटमा किमले गोल गर्दै कोरियालाई पहिलो हाफमा १–१ गोलको बराबरी अवस्थामा पुर्याएका थिए ।रोमाञ्चक बनेको खेलको निर्धारित समयपछिको इन्ज्यु-री समयमा ह्वाङ्ग हीले निर्णायक गोल गर्दै कोरिायलाई जारी

विश्वकपको प्रि–क्वार्टरफाइनलको टिकट दिलाएका हुन् ।
यसै समूह अन्तर्गत भएको अर्काे खेलमा उरुग्वेले घानामाथि २–० गोल अन्तरको जित निकाल्यो ।

तर कोरियासँगको अंक बराबरी भएपनि गोलभिन्नतामा तल परेको कारण उरुग्वेको विश्वकप यात्रामा विराम लागेको छ ।घानाको विश्वकप यात्रा पनि टुङ्गिएको छ भने तिन खेलमा ६ अंक रहेको पोर्चुगल समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।