२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

कतार विश्व कपमा स्पेनविरुद्ध जापानले बनाएको किर्तिमान र वि-वादित गोल !

मंसिर १६, काठमाडौँ : जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ ।

भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।
जापानले स्पेनलाई २-१ ले प-राजित गर्दै विश्वकपको एक रेकर्ड समेत बनेको छ ।

पुरै खेलमा जापानको बल पोसेसन जम्मा १७.७ प्रतिशत रहेको थियो । खेल अवधिमा १७.७ प्रतिशत मात्र बल पाएको जापानले खेलमा विजयी नतिजा निकालेर स्पेनलाई स्तब्ध बनायो ।

यो विश्वकपकै इतिहासमा जित हासिल गर्ने टिमको अहिलेसम्मकै कम बल पोसेसन हो । टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।

तर जापानको गोल विवाद रहित भने हुन सकेन । खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको छ ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।

जापानको यस नतिजाले यसै समुहको जर्मनीलाई असर गर्यो । जर्मनी समुहमा तेस्रो हुदै विश्वकपको यात्रा टुंगाउन बाध्य भयो । जापानले नै समुह चरणको पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो ।

जापान योसहित चौथो पटक विश्वकपको राउण्ड १६ मा पुगेको छ । यस अघि २००२, २०१०, २०१८ मा पनि राउण्ड १६ मा पुगेको थियो ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।