२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

लिओनल मेस्सीले तोडे म्याराडोनाको कीर्तिमान, सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी !

मंसिर १५, काठमाडौं : अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले ।

मेसी भन्दा धेरै विश्वकप खेल्नेमा जर्मनीका लोथार म्याथ्वु र मिरोस्लाभ तथा इटलीका पाउलो माल्दिनी छन् । लोथारले सर्वाधिक ३५ खेल खेलेका छन् भने क्लोजले २४ र माल्दिनीले २३ खेल खेलेका छन् ।

मेसीले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्धको खेलपछि सर्वाधिक विश्वकप खेल खेल्नेमा माल्दिनीसँग बराबरी गर्नेछन् ।मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन् ।

उनले महान खेलाडी डिएगो म्यराडोनालाई पछि पारेका हुन् । म्याराडोनाले विश्वकपमा २१ खेल खेल्दै ८ गोल गरेका थिए । मेसीले पनि विश्वकपमा ८ गोल नै गरेका छन् । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकप उपाधि जितेको थियो ।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।