२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

मोरक्को समूह विजेता र क्रोएसिया उप-विजेता हुँदै नकआउट चरणमा !

मंसिर १५, काठमाडौं : विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को छिनोफानो भएको छ। भर्खरै सम्पन्न खेलमा क्रोएसियासँग गालरहित बराबरी खेलेसँगै दाबेदार मानिएको

बेल्जियम समूह चरणबाटै बाहिरिएको छ। यो समूहबाट मोरक्को अप्रत्यासित रुपमा समूह विजेता बन्दै नकआउट चरणमा गएको छ। क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को ७ अंकसहित समूह विजेता बनेको हो।

बेल्जियमलाई बराबरीमा रोकेको क्रोएसिया ५ अंकसकित उप-विजेता हुँदै नकआउट चरणमा गएको छ। समूह ‘एफ’ को अन्तिम खेलमा मोरक्कोले क्यानडामाथि २३ मिनेटमै २–० को अग्रता लिएको थियो।

हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका हुन्।
तर, ४० औँ मिनेटमा क्यानडाले गोल फर्काएको थियो।

मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिएका हुन्। क्यानडा भने यसअघि नै विश्वकपबाट बाहिरिइसकेको छ।
समूह ई का निर्णायक खेल बिहीबार राति नै हुनेछन्। जसमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिक पौने १ बजे भिड्नेछन्।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।