२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

१६ वर्षपछि अष्ट्रेलिया फिफा विश्वकपको नकआउटमा !

मंसिर १५, काठमाडौं : कतारमा जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम बनेको छ। उसले समूह ‘डी’ अन्तर्गत युरोपको बलियो टोली

डेनमार्कलाई समूह चरणको अन्तिम खेलमा १–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो।
यसअघि फ्रान्सले लगातार दुई खेल जितेर नकआउट

चरणमा प्रवेश पाइसकेको अवस्थामा अष्ट्रेलियाका लागि डेनमार्कविरूद्धको खेल महत्वपूर्ण थियो। तर, अनुभवी मिडफिल्डर म्याथ्यु लेसीले ६० मिनेटमा गोल गर्दै

सकरुजको जितलाई सुनिश्चित बनाए। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा लेकीले म्याग्रीको पासमा गोल गरे।

यो जितसँगै अष्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो। यसअघि सन् २००६ को विश्वकपमा अष्ट्रेलिया नकआउटमा प्रवेश गरेको थियो।

२०७९ मंसिर १५, बिहीबार प्रकाशित 0 Minutes 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।