२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

अर्जेन्टिनाले पोल्याण्डलाई २-० गोलले हरायो

मङ्सिर १५, काठमाडौँ : विश्वकपको उपाधि दावेदार अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाएको हो । खेलको पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित बराबरीमा चलेको थियो ।

तर दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनले गोल गरेपछि अर्जेन्टिनालाई जित सहज बन्यो । अर्जेन्टिनाले दोस्रो हाफको मध्यतिर अर्को गोल गर्दै अर्जेन्टिनालाई जितको लागि झनै सहज बनायो ।

खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले ४७ औं मिनेटमा गोल गरे । त्यस्तै खेलको ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

यो जितसँगै अर्जेन्टिना ३ खेलमा दुई खेल जितेर ६ अंक सहित समूह तालिकाको शीर्षस्थानमा रहेको छ । त्यस्तै पोल्यान्ड समूह चरणको दोश्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । समूह सीको अर्को खेलमा साउदीलाई मेक्सिकोले २-१ गोल अन्तरले पराजित गर्यो ।

२०७९ मंसिर १४, बुधबार प्रकाशित 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।