२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

२०२२ कतार विश्व कपमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे ।

मंसिर १२, काठमाण्डाै : फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज साेमवार भएकाे दाेस्राे खेलमा घानाले दक्षिण काेरियालाई हराएकाे छ । 

एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा घानाले दक्षिण काेरियालाई ३–२ गाेलले हरायाे । पहिलाे हाफमा घानाले २–० काे अग्रता लिएकाे थियाे । उसका लागि माेहम्मद सलिसुले २४ औँ र माेहम्मद कुदुसले ३४ औँ मिनेटमा गाेल गरे ।

दाेस्राे हाफकाे ५८ औँ र ६१ औँ मिनेटमा चाे ग्यु सङले गाेल गर्दै दक्षिण काेरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीलाई ३–२ काे जित दिलाए ।

याे जितसँगै घाना तीन अङ्कसहित समूह ‘एच’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । दक्षिण काेरिया एक अङ्कसहित तालिकाकाे पुछारमा छ ।

२०७९ मंसिर १२, सोमबार प्रकाशित 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।