
मंसिर ११, काठमाडौ : अर्जेन्टिना नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा जारी विश्वकपको तेस्रो उपाधि जित्ने दाउमा छ। फाइनलसम्मको यात्रा तय गर्न उसले केही खुड्किलाहरू पार गर्नुपर्ने हुन्छ।
राउन्ड अफ १६ मा अर्जेन्टिना कसरी छनोट हुन सक्छ?
प्रत्येक समूहका शीर्ष दुई अन्तिम १६ मा पुग्नेछन्। नकआउट राउण्डहरू डिसेम्बर ३ मा सुरु हुनेछन् जसमा विजेताहरूको निर्णय गर्न अतिरिक्त समय र पेनाल्टीमा पनि जानुपर्ने हुन सक्छ।
तीन अंकका साथ समूह सी मा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बुधबारको अन्तिम खेलमा चार अंकको शीर्ष स्थानमा रहेको पोल्याण्डलाई हराउनुपर्ने हुन्छ।
राउन्ड अफ १६ मा अर्जेन्टिनाका सम्भावित प्रतिद्वन्द्वी को हुन्?
यदि अर्जेन्टिना राउन्ड अफ १६ मा छनोट भयो भने, उसले समूह डी को टोलीसँग प्रतिस्पर्धा गर्नेछ, यसको मतलब उसले फ्रान्स, ट्युनिसिया, डेनमार्क वा अष्ट्रेलियासँग सामना गर्नुपर्ने हुनसक्छ।
यदि अर्जेन्टिनाले समूह सी जित्यो भने, उसको राउन्ड अफ १६ टाई समूह डीको उपविजेतासँग हुनेछ। यदि अर्जेन्टिना समूह सी मा उपविजेता भयो भने, उसको राउन्ड अफ १६ टाई समूह डी को विजेता, सम्भावित २०१८ को च्याम्पियन फ्रान्ससँग हुनेछ।
को हुन् अर्जेन्टिनाका सम्भावित क्वार्टर फाइनलका प्रतिद्वन्द्वी?
यदि अर्जेन्टिनाले समूह सी जित्यो भने, उसले क्वार्टर फाइनलमा नेदरल्यान्ड्ससँग सामना गर्न सक्छ। तर, यसका लागि नेदरल्यान्ड्सले समूह जित्नुका साथै समूह बीबाट उपविजेता हुनसक्ने इंग्ल्यान्ड, वेल्स, इरान वा अमेरिकालाई पराजित गर्नुपर्ने हुन्छ।
यदि अर्जेन्टिना समूह सी को उपविजेताको रूपमा रह्यो भने, उसले सम्भवतः क्वार्टर फाइनलमा इङ्गल्याण्डसँग सामना गर्न सक्छ। तर, त्यसका लागि ग्यारेथ साउथगेटको टोलीले समूह बी जित्नुका साथै समूह एको सम्भावित उपविजेता नेदरल्याण्ड्स, इक्वेडर वा सेनेगल लाई पराजित गर्नुपर्ने हुन्छ।
सेमिफाइनलमा अर्जेन्टिनाका सम्भावित प्रतिद्वन्द्वी को हुन्?
यदि अर्जेन्टिना समूह सी को विजेताको रूपमा सेमिफाइनलमा पुग्ने हो भने उसले स्पेन वा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलसँग सामना गर्न सक्छ।
यदि अर्जेन्टिना समूह सी को उपविजेताको रूपमा सेमिफाइनलमा पुग्यो भने, उसले समूह एफ र एच को सम्भावित विजेताहरू बेल्जियम वा २०१६ को युरोपियन च्याम्पियन पोर्चुगलसँग सामना गर्न सक्छ।
फाइनलमा अर्जेन्टिना कोसँग भिड्न सक्छ?
यदि अर्जेन्टिना समूह सी को विजेताको रूपमा फाइनलमा पुग्यो भने, उसले सम्भावित रूपमा इङ्ल्यान्ड वा फ्रान्ससँग प्रतिस्पर्धा गर्न सक्छ। यदि अर्जेन्टिना समूह सी को उपविजेताको रूपमा फाइनलमा पुग्न सक्षम भयो भने, उसले नेदरल्याण्ड्स, ब्राजिल वा स्पेनसँग भिड्न सक्छ।